अनसनरत डा. केसी र सरकार पक्षबीच वार्ता सफल, अनसन तोडियो
काठमाडौँ । २७ दिनदेखि अनसन बस्दै आएका डा. गोविन्द केसीले विहिबार राति अनसन तोडेका छन् । २२ बुँदे सहमतिमा अनसन तोड्ने सहमति भएको हो ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेकोसँगै बार्ता टुङ्गिएको हो । जुम्लामा गएर अनसन बसेका डा केसीको स्वास्थ्यामा समस्या आएपछि उपचारार्थका लागि काठमाडौं ल्याएर टिचिङ अस्पतालमा राखेको थियो ।
