प्राधिकरणका हाकिम साहेबको ध्यान कता ? बिद्युत नहुँदा दामन स्वास्थ्य केन्द्रको हरिबिजोक छ यता !
बलराम पुडासैनी
मकवानपुर १० साउन । नेपाल बिद्युत प्राधिकरण पालुङ साखाको चरम हेपाहा स्वभावका कारण मकवानपुरको उत्तरी क्षेत्रस्तिथ दामन सहरी स्वास्थ्य केन्द्रमा बिद्युत विस्तार हुन सकेको छैन । जसका कारण स्वास्थ्य केन्द्र संचालनमा समेत समस्या भएको छ ।
स्वास्थ्य केन्द्रले पटक पटक विद्युत विस्तार गरीदिनको लागि निवेदन पेश गर्दा समेत प्राधिकरणले बेवास्ता गरको कारण स्वास्थ्य केन्द्रमा रहेका विद्युतबाट संचालनहुने विभिन्न उपकरणहरु समेत थन्किएर बसेका छन् ।
बिद्युतबाट संचालनहुने नेबुलाईजर मेसिन, अक्सिजन मेसिन लगाएतका मेसिनहरु स्वास्थ्य केन्द्रमा छन् तर त्यसबाट विरामीहरुले सेवा लिन भने सकेका छैनन् ।
स्वास्थ्य केन्द्रसम्म बिद्युत ल्याईदिनको लागि दामन शहरी स्वास्थ्य केन्द्रले पेश गरेको निवेदन साखाकै कुनै दराजमा थन्किएर बसेको होला तर स्वास्थ्य केन्द्र भने अझै बत्ति मुनिको अध्यारोमा परेको छ ।
त्यसो त स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु फेरीपनि निवेदन लिएर बिजुलिको पोल, मिटरबक्स र केहि मिटर बिद्युत विस्तारको लागि आवश्यक तारको माग गर्दै २ महिनादेखि प्राधिकरण धाइरहेका छन् तर निवेदनको बेवास्ता गर्दै उल्टै आफुहरुलाई समेत गालि गरेर फकाउर्ने गरेको भन्दै स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश घिमिरेले तु खबरलाई गुनासो गरे ।
उनले भने “ श्रावण ८ गते पनि म प्राधिकरण साखामा स्वास्थ्य केन्द्रसम्म बिद्युत विस्तारका आवश्यक सामाग्रीहरुको माग गर्दै पुगेको थिँए, तर ४ बर्षपछि आउन भन्दै आफुमाथि नै साखाका कर्मचारीहरु जाईलागेपछि म मिडिया मार्फत सहयोग माग्न बाध्य भएँ ” । “ कि दिन्छु भनेर आश नदेखाउनु की त अनावश्यक नझुलाउनु । ” उनले थपे ।
त्यसो त प्राधिकरणका पालुङ साखा प्रमुखले उक्त सामाग्री उपलब्ध गराईदिनको लागि कर्मचारीहरुलाई अनुरोध गरेता पनि कर्मचारीहरुले हाकिमको समेत आदेशको पालना नगरी स्वास्थ्य केन्द्रलाई कुनै सहयोग नगरेको घिमिरेले गुनासो गरे ।
यस विषयमा तु खबरले प्राधिकरणका पालुङ साखा प्रमुख सन्तोष पन्तलाई पटक–पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । त्यसपछि साखाकै इन्चार्ज गौतम शर्मालाई प्रतिक्रियाको लागि फोन सम्पर्क गर्दा आफुहरुले केहि बिद्युत विस्तारको लागि आवश्यक सामान दिईसकेको र १/२ दिन भित्रमानै स्वास्थ्य केन्द्रकोे लागि आवश्यक बिद्युत विस्तारको साम्रागी उपलब्ध गराउने गयारी भएको बताए । केही प्राविधिक समस्याका कारण ढिलाई भएको स्वीकादै आर्थिक बर्षको चटारोमा केहि दिन ढिलाई भएको बताए ।
