डा. केसी र सरकारबीचको वार्ता सहमति मा टुङ्गियो, केसीको १५ औं अनसन पनि तोडिँदै

तु खबर संवाददाता
२०७५ श्रावण १०, बिहीबार १८:५४

मकवानपुर १० साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सहमती भएको छ । काठमाण्डौका सञ्चारमाध्यमहरुका अनुसार ९ बुँदे सहमतीमा वार्ता टुङगीएको र अनसन तोड्ने तयारी भईरहेको छ ।
सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा सरकारी र केसीको वार्ता टोलीबीच भएको सहमतिको बुँदा डा. केसीलाई पनि सुनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*