सुन जस्तो देखिने धातु सहित युवक पक्राउ
काठमाडौं, १० साउन । ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने ओखलढुङ्गा नरमदेश्वर–३ का २८ वर्षीय कालिदाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा विदेशबाट आएका यात्रुहरुले भन्सार छली ल्याएको सुन जस्तो देखिने १ सय ४९ ग्रामको बाला ३ थान संकलन गरी लैजान लागेको अवस्थामा बुधबार पक्राउ गरिएको हो । प्रहरीले श्रेष्ठलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको छ ।
