मकवानपुर प्रहरीद्वारा ७६ थान मोबाईल फेला पारी धनीलाई फिर्ता
मकवानपुर, १० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधुकुमार थापा सहितको विशेष टोलीले बिभिन्न मितिमा हराएका मोबाईलहरु फेला पारी जिल्ला मोबाईल धनीलाई फिर्ता गरेको छ ।
मोबाईल हराएको भनी परेको निवेदनका आधारमा गएको ३ महिनामा विभिन्न कम्पनीको ७६ वटा मोबाईल फेला पारी धनीलाई फिर्ता दिएको प्रहरीले जनाएको छ । फेला परेका मोबाईलहरु ५ हजारदेखि १ लाख २० हजार रुपैयाँ सम्म मूल्यको रहेको छ ।

फेला परेका सम्पूर्ण मोबाईलको एकमुष्ठ मूल्य करिब ११ लाख ५० हजार बराबरको रहेको प्रहरीले जनाएको छ । फेला परेका मोबाईलहरु मकवानपुरसहित अन्य जिल्लामा समेत प्रयोग गरिरहेको अवस्थामा फेला परको थियो । प्रहरीले आजमात्रै पनि ११ थान मोबाईल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले आज हेटौँडा ५ का द्रोण प्रसाद भट्टराई, हेटौँडा ४ का नवराज थपलिया, बकैया–७ का ठाकुर प्रसाद बोलखे, चितवनको भण्डारा–४ बस्ने निर्जला हुमागाई, हेटौँडा १९ बस्ने बिनोद कुमार सिन्तान, हेटौँडा २ बस्ने सुरज बर्तौला, सर्लाहीका अजय प्रसाद साह, हेटौँडा ३ बस्ने निता रिजाल र हेटौँडा १ बस्ने रन्जना रिमाल र हेटौँडा बस्ने रन्जन दाहालको हराएको मोबाईल फेला पारी बुझाएको हो ।
