विभिन्न पार्टी परित्याग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश
मकवानपुर १० साउन । नेपाली कांग्रेस मनहरी गाउँपालिका ३ हाँडीखोलाको वडा भेला भएको छ । वडा भेलामा विभिन्न पार्टी परित्याँग गरी ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
३ नम्बर वडा सभापति रघुनाथ खतिवडाको सभाध्यक्षता एवं जिल्ला सचिव बुद्ध लामाको प्रमूख अतिथ्यतामा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आएकाहरुलाई प्रमूख अतिथि र अतिथिहरुले टिका तथा खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।
त्यसैगरी भेलाले विभिन्न वडा समितिसमेत निर्माण गरेको छ । सन्तोष बर्तौलाको संयोजकत्वमा ३३ सदस्यीय नेपाल तरुण दल, अम्बिका पौडेलको संयोजकत्वमा १३ सदस्यीय नेपाल महिला संघ र हरि पौडेलको संयोजकत्वमा ११ सदस्यीय नेपाल किसान संघ ३ नम्बर वडा समिति गठन गरिएको छ ।
कार्यक्रममा जिल्ला सदस्य एवं प्रवक्त प्रदिप कोइराला, सल्लाहकार एवं मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य अर्जुन तिवारी, सुनिल अधिकारी, महिला संघ जिल्ला सचिव निलम देवकोटा, मनहरी गाउँपालिका प्रमूखका प्रत्यासी शंकर न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।
