अनलाईन मिडियामा ध्रुव अधिकारीको इन्ट्री, हेटौँडाबाट अनलाइन मिडियामा विश्वास बढाउने घोषणा

तु खबर संवाददाता
२०७५ श्रावण १०, बिहीबार १२:२९

मकवानपुर, १० साउन । करिब डेढ दशकदेखि मकवानपुरको चर्चित छापा माध्यममा सम्पादकको जिम्मेवारीमा रही राष्ट्रिय मिडियामा समेत कार्यरत रहेका मकवानपुरे पत्रकार ध्रुव अधिकारीले अनलाईन मिडियामा इन्ट्री गरेका छन् ।

आइटीआई मिडिया प्रालीद्वारा सञ्चालित भूगोल न्यूज डटकमको सम्पादकमा बिहीबार नियुक्ति भएसँगै उनले अनलाईन मिडियाको यात्रा सुरु गरेका हुन् । सम्पादक अधिकारीले पाठकको चाहना र रुची अनुसारको समाचारलाई अनलाईनमा समावेश गर्ने बताए । उनले अनलाइन मिडियामाथि पाठकको विश्वासलाई अझ मजबुद बनाउँदै भूगोल न्यूजलाई सबैको साझा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गलतलाई गलत र सहीलाई सही रुपमै पाठकको माझ हरेक समाचार पु¥याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो समय अनलाईन प्रति बढ्दै गएको पाठकको रुचीलाई ध्यानमा राखेर सबै क्षेत्रको साझा मिडियाका रुपमा विकास गर्ने अधिकारीले बताए । उनले सबै पक्षसँग सहकार्य र सहयोगको अपेक्षा समेत गरेका छन् ।

हेटौंडा सन्देश दैनिक, निकास साप्ताहिक, रेडियो निकासलगायतका सञ्चारमाध्यममा कुशलतापूर्वक सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका अधिकारी हाल हेटौंडा खबरपत्र साप्ताहिकको प्रकाशक–सम्पादक र राजधानी राष्ट्रिय दैनिकको संवाददाता रहेका छन् । अधिकारी नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि हुन् ।

आइटीआई मिडिया प्रालीका अध्यक्ष तिलक अधिकारीले सम्पादक अधिकारीलाई स्वागत गरेका थिए । अनलाइनलाई पठनिय बनाउने उद्देश्यका साथ अनलाइनको सम्पादकमा अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*