डा. केसीको समर्थनमा शान्तिपूर्ण पदयात्रा गर्नेलाई पनि सरकारले छोडेन

तु खबर संवाददाता
२०७५ श्रावण १०, बिहीबार १२:१६

काठमाडौँ, १० साउन । विभिन्न माग राखी २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण पदयात्राको तयारी गरिरहेका चिकित्सक तथा विद्यार्थीहरुलाई समेत सरकारले धरपकड गर्ने शैली अपनाएको छ ।

डाक्टर केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको बृहत र्याली गर्ने तयारी गरिरहेको टोलीलाई सुरु हुन नपाउँदै प्रहरीले हस्तक्षेप गर्दै उनीहरुलाई पक्राउ गरेको हो । र्याली सुरु हुनु अगावै प्रहरी जाइलागेपछि अस्पतालको मुलगेटमै धर्ना र नाराबाजीमा उत्रिएकाका करिब १ दर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकोहो ।

प्रहरी तालिम केन्द्र हुँदै बालुवाटार जान खोजेका विद्यार्थी तथा चिकित्सकहरुलाई प्रहरीले उक्त बाटो जान निषेध गरेपछि प्रदर्शनकारीहरु शिक्षण अस्पतालको मूल गेटमै धर्नामा बसेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*