मकवानपुरका सिडिओ चक्रबहादुर बुढाको सरुवा, अब आस्मान तामाङ आउने

तु खबर संवाददाता
२०७५ श्रावण १०, बिहीबार ०९:२४

मकवानपुर १० साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सरुवा भएको छ उनको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुले जानकारी दिएको छ ।

। सिडिओ बुढाले मकवानपुरमा नौ महिना मकवानपुरको प्रजिअ भई कार्यभार सम्हालेका थिए । स्रोतका अनुसार मकवानपुरमा भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका हुन् ।

आफुलाई मन्त्रालयबाट आधिकारीक पत्र भने आईनसकेको तर आफ्नो सरुवाको विषमा निणर्य भएको जानकारी भने आएको सिडिओ बुढाले तु खबरलाई जानकारी दिए । उनले आईतबार संभवत कास्की जाने तयारी हुने समेत बताए ।

गृहमन्त्रालयले बुधबार मकवानपुरका बुढासहित देशका १६ जिल्लाका प्रमुखहरुको सरुवा गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*