हेटौँडामा आज पनि २६ वटा अटो तथा ई–रिक्सालाई कारवाही

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १८:१०

मकवानपुर, ०९ साउन । मकवानपुरको हेटौँडा बजारमा सवारी नियम उल्लङ्घन गर्ने २६ वटा अटो तथा ई–रिक्सालाई बुधबार कारवाही गरिएको छ । यस अघि सोमबार मात्र ४० वटा अटो तथा ई–रिक्साहरुलाई कारवाही गरिएको थियो ।

हेटौँडामा ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा, प्रहरी चौकी बसपार्क तथा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले हेटौडा नगरको बिभिन्न स्थानबाट ती अटो तथा ई–रिक्साहरुलाई नियन्त्रणमा लिएको हो । ती अटो तथा ई–रिक्सा चालकहरुसँग सवारी चलाउन आवस्यक पर्ने कागजपत्र नभएको तथा सवारी नियम उल्लङ्घन गरी सवारी चलाएको कारण उनीहरुलाई कारवाही गरिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये ११ वटा अटो तथा ई–रिक्सालाई १ हजारका दरले ट्राफिक प्रहरीबाट जरिवाना गराई छाडिएको र बाँकी १५ वटा अटो जिल्ला प्रहरी कार्यालय मकवानपुरमै राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*