भरतपुरमा रिक्सा चालकको आन्दोलनमा गोलि चल्यो
चितवन ९ साउन । चितवनको भरतपुरमा रिक्सा व्यवसायीहरुले गरेको आन्दोलनको क्रममा प्रहरीले केही राउण्ड हवाइ फाएर गरेको छ ।
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुनिल राठौरले दिएको जानकारी अनुसार राजमार्ग बन्द गर्न खोज्ने रिक्सा चालकहरूले प्रहरी कार्यालय जलाउन खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रु ग्यास हानेको थियो ।
प्रहरी र रिक्सा चालकको झडपमा परी पाँच प्रहरी र केही रिक्साचालक घाइते भएको समेत जानकारी प्रहरीको छ ।
