लतितपुरका तिमल्सिना प्रहरी नियन्त्रणमा
काठमाडौं ९ साउन । ललितपुर गोदावरी नगरपालिका २ बस्ने सानुराज तिमिल्सिनालाई नुर्फिन ६६ एम्पुल, डाईजेल्याब ७८ एम्पुल, फेनारगन ९५ एम्पुल र ३ थान सिरिन्ज सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
धरानबाट काठमाडौं आउँदै गरेको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्दा सानुराज उक्त लागूऔषध सहित पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
