हेटौँडा अस्पतालमा पनि डाइलासिस सेवा संचालनको तयारी

तु खबर संवाददाता
२०७५ श्रावण ९, बुधबार १३:४७
Dialysis-Tukhabar

हेटौंडा, ०९ साउन । हेटौँडामा केही महिना अघि मात्रै सुरु भएको डाइलासिस सेवालाई थप विस्तार गरिने भएको छ । हेटौँडाको चुरेहिल अस्पतालमा भदौदेखि थप दुई वटा डाइलासिस मेसिन थप्ने तयारी चलिरहेको अवस्थामा हेटौँडा अस्पतालमा समेत निकट भविष्यमै डाइलासिस सेवा संचालनको तयारी थालिएको हो ।

हेटौंडा अस्पतालमा मृगौला डाइलासिस सेवा सञ्चालनका बिषयमा मंगलबार छलफल गरिएको छ । अस्पतालमा डाइलासिस सेवा दिनका लागि सहजीकरण गर्नका लागि हेटौंडा अस्पताल, हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय मृगौला सेन्टर काठमाडौंका पदाधिकारीहरु बीचमा छलफल गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा छिटोभन्दा छिटो हेटौंडा अस्पतालमा मृगौला डाईलासिस सेवा सुरु गरिने निष्कर्ष निकालिएको छ । हेटौंडा अस्पतालका लागि ३ नम्बर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिका दुबैले बजेट छुट्याएका छन् । यो बजेटबाट मृगौला डाईलासिसका लागि मेसिन राखिने र त्यसपछी यसको सेवा सञ्चालन गरिने बताइएको छ ।

हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पतालमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा २०७४ पुस १६ गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराईदै आइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*