हेटौँडाको कमलडाँडाबाट लागुऔषध कोरेक्स सहित ३ जना मानिस पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १७:४०

मकवानपुर, ०८ साउन । लागुऔषध कोरेक्स सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडाबाट ३ जना पक्राउ परेका छन् ।

प्रहरीले भारतको मोतिहारी जिल्लाको थाना सुगौली ठकुराई टोल–१६ बस्ने बर्ष २६ को टुना अंसारी, सोही ठाउँ बस्ने बर्ष २६ को कृष्ण कुमार र गोरखपुर जिल्ला थाना सहजनवा केशवपुर–८ बस्ने बर्ष २२ को इन्द्रेश मदेशियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार साँझ वडा प्रहरी कायौलय हेटौँडाबाट प्रहरी निरिक्षक संतोष श्रेष्ठको कमाण्डमा खटेको प्रहरी टोलीले कमलडाँडा स्थित सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको शरिर तथा झोलाहरु जाँच गर्दा उनीहरुमध्ये ईन्द्रेश बानियाले बोकेको कालो रङको झोलाभित्र लुकाईछिपाई राखेको लागुऔषध कोरेक्स २८ बोतल र कृष्ण कुमारले बोकेको खैरो रङको झोलाभित्र लुकाईछिपाई राखेको लागुऔषध कोरेक्स ६८ बोतल गरी जम्मा ९६ बोतल कोरेक्स फेला परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*