डा. केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै नयाँशक्ति मकवानपुरले गर्यो बुद्धचोकमा प्रदर्शन
मकवानपुर ८ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा .गोविन्द केसीको सत्याग्रहप्रति सर्मथन जनाउँदै नयाँ शक्ति पार्टी नेपाल मकवानपुले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।
डा.केसीका जायज मागहरुको सम्बोधन गर्न सरकारलाई दवाव दिने उदेश्य सहित आफुहरुले शान्तिपुर्ण प्रर्दशन गरेको नयाँशक्ति मकवानपुरका सचिव राजेन्द्र सिम्खडाले जानकारी दिए ।
हेटौंडाको बुद्धचोकमा प्लेकार्ड सहितको प्रदर्शन करिब ३० मिनेट गरीएको समेत उनले जानकारी दिए । प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपाल ३ नम्बर प्रदेश संयोजक सोनाम सिँ स्याङ्तान , मकवानपुर जिल्ला संयोजक जिवनमान मोक्तान, पार्टी जिल्ला सचिव राजेन्द्र सिम्खडा लगाएत पार्टीका अन्य प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
