सुन सहित ५ जना भारतीय पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ८, मंगलवार १५:१४
File Photo

काठमाडौं, ०८ साउन । अवैध सुन सहित ५ जना भारतीय नागरीकहरु पक्राउ परेका छन् । थाई एयरको फ्लाईट नम्बर ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारत दिल्ली घर भएका ३९ वर्षीय ईश्वर दास, ४० वर्षीय हरमिन्दर बावेजा, ३४ वर्षीय अमृत पाल सिंह र ३१ वर्षीय अवतार सिंहलाई २ के.जी.७ सय ९ ग्राम सुन सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रहरीले चेक गर्दा उनीहरुले सुटकेशको पाङ्ग्रा बनाई लुकाई छिपाई ल्याएको अबस्थामा उक्त सुन बरामद गरेको थियो ।

त्यस्तै नेपाल एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारत मुम्बई महाराष्ट्र घर भएका ३० वर्षीय रिजवान अव्दुल राज्जाकलाई पाईन्ट भित्र राखी अवैध रुपमा लुकाई छिपाई ल्याएको ३ सय ४८ ग्राम सुन सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*