हेटौंडाको स्कुलरोडमा भर्खरै आगलागी
मकवानपुर ८ साउन । हेटौंडाको स्कुलरोडस्तिथ एक घरमा आगोेलागी भएको छ । भर्खरै आगोलागी भएको स्थानीयहरुले बताएका छन् ।
आगोलागीको कारण बारे पुर्ण जानकारी भने आइसकेको छैन ।
घरको भान्सा कोठाबाट ग्यास लिक भएपछि आगो लाग्न शुरुभएको र घरसम्म सल्किएको हुनसक्ने अनुमान लगाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धिराज गुरुङले तु खबरलाई जानकारी दिए ।
आगोलागी नियन्त्रणको पहल भईहरको समेत गुरुङले बताए ।
