हेटौँडा हर्नामाडीकी महिलालाई बेच्न खोज्ने थप ३ जनालाई मुद्धा

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १९:१९
File Photo

मकवानपुर, ०७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा बस्ने ४१ वर्षीया महिलालाई विभिन्न प्रलोभनमा पारी ईराकमा पठाइदिन्छु भनी बेचबिखन गर्न खोज्ने थप ३ जनामाथि मुद्धा चलाइएको छ ।

प्रहरीले हेटौँडा १८ बस्ने बर्ष ४५ को ज्ञानु मोक्तान, त्यस्तै सिन्धुपाल्चोक फुल्पिनडाँडा ५ बस्ने बर्ष ४२ को मिरा तामाङ र काठमाण्डौको काठमाडौँ महानगरपालिका वडा नम्बर ६ कपन बस्ने बर्ष ३७ को रत्न लामालाई साउन ६ गते साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले हेटौँडा ७ कमानेबाट पक्राउ गरेको हो ।

बेचिने जोखिममा परेकी महिलाले दिएको बयानका आधारमा छानबिन गर्दा यसअघि नै प्रतिवादी डोल्मा लामालाई साउन ४ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ बमोजिम मकवानपुर जिल्ला अदालतबाट ६ को म्याद थप गरी आवश्यक अनुसन्धान गरिँदै आइएको छ । प्रतिवादी डोल्मासँग सोधपुछ तथा अनुसन्धानपश्चात थप ३ जनाको समेत संलग्नता देखिएका कारण उनीहरुलाई पक्राउ गरिएको हो ।

ती महिलालाई ईराक पठाईदिन्छु भनी भारतको दिल्ली पठाउने तयारीमा रहेको अवस्थामा ती महिलालाई भैरहवा स्थित सुनौली भन्सारमा सामाजिक संस्थाले बस निगरानीको क्रममा सोधपुछ गर्दा उनलाई बेचबिखन गर्ने उदेश्यले भारतमा लगिन लागेको खुल्न आएको थियो । त्यस पश्चात उक्त संस्था र स्थानिय प्रहरीको सहयोगमा उनी फर्केर आई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएकी थिईन् ।

पक्राउ परेका थप ३ जनालाई समेत मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ बमोजिम मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिइ आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*