हेटौँडाको शान्तिपार्कमा गोलघर उद्घाटन

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १६:३५

हेटौँडा, ०७ साउन । हेटौडा–६ स्थित शान्ति पार्कमा निर्माण गरिएको गोलघर आज उद्घाटन गरिएको छ । चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघरको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका हुन् ।

समूहले संरक्षण गरेको ब्लक नम्बर ६ स्थित शान्ति पार्कमा गोलघर निर्माण गरिएको हो । गोलघर १ लाख २० हजारको लागतमा निर्माण गरिएको समूहले जनाएको छ ।

समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी,कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*