प्रधान्यायाधीशका लागि सिफारिस भएका जोशी विरुद्ध ५ वटा उजुरी दर्ता

तु खबर संवाददाता
२०७५ श्रावण ७, सोमबार १३:०२

काठमाडौं, ०७ साउन । प्रधानन्याधीश पदका लागि गत चैत १३ गते सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी विरुद्ध संसदीय सुनुवाई समितिमा ५ वटा उजुरी दर्ता भएको छ ।

दर्ता भएका उजुरीहरुमा जिल्ला, उच्च र सर्वोच्चसम्मको कार्यसम्पादनका क्रममा जोशीको कार्यक्षमता अभाव भएको उल्लेख गरिएको छ । उजुरी दर्ता भए पनि संसदीय सुनुवाई समितिले उजुरीहरु गोप्य राख्दै आएको छ ।

प्रधानन्याधीश पदका लागि न्यायपरिषद्ले जोशीसँगै ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको थियो । चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत रहँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*