डा.केसीको जिवन रक्षाका लागि जागरण अभियानले गर्यो हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन (भिडियो सहित)

तु खबर संवाददाता
२०७५ श्रावण ६, आईतवार १८:२१
Featured Video Play Icon

 मकवानपुर ६ साउन । चिकित्सा शिक्षा सुधारको माग सहित १५ औं पटक अनसनरत डा.गोविन्द केसीको जिवन रक्षाका लागि मकवानपुर जागरण अभियानले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।

डा.केसी जाएज मागहरुको संबोद्धन र उनको जिवन बचाउनको लागि सरकारलाई दवाव दिने उदेश्य सहित जनदवाव शृजना गर्नको लागि प्रदर्शन गरीएको अभियानका अध्यक्ष कृष्णराज कोईरालाले जानकारी दिए ।

प्रदर्शनका क्रममा बोल्दै जागरण अभियानका अध्यक्ष कोइरालाले डा. केसीका जायज मागहरुको संबोद्धन गर्न सरकारले ढिलाई गर्न नहुने बताए । बुद्धचोकमा भएको प्रर्दशनमा जागरण अभियानका प्रतिनिधिहरु स्वास्थ्यकर्मी, नागरीक समाज साथै पत्रकारहरुको उपस्तिथि रहोको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*