देउवाको विदेश भ्रमण स्थगित
काठमाण्डौ ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ७ दिने विशेद भ्रमण स्थगित भएको छ ।
नेपाली काँग्रेस स्रोतका अनुसार विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको हो ।
उनी आज आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए तर अहिलेको स्थितिमा मुलुकमै रहुनुपर्ने कुरा बढि महत्वपुर्ण रहेकोले उनको भ्रमण स्थगित गरीएको स्रोतको जानकारी छ ।
