३ नम्बर प्रदेशको राजधानी सार्ने विषयमा मुख्यमन्त्री पौडेलले दिए कडा जवाफ
मकवानपुर ५ साउन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको राजधानी हेटौंडानै उपयुक्त रहेको बताएका छन् । शुक्रबार आदिवासी जनजाती पत्रकार महासंघ ३ नम्बर प्रदेशको आयोजनामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मकवानपुरमा नै राजधानी कायम गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रखुख अतिथि समेत रहेका पौडेलले प्रदेशका जुनसुकै जिल्लाबाट ३–४ घण्टामा हेटौंडा आईपुगिने भएको कारण पनि प्रदेशको राजधानी सार्न त्यत्ति जोड गर्न नपर्ने बताए ।
आदिवासी जनजाती पत्रकार महासंघका केन्दि«य अध्यक्ष दण्ड गुरुङले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर र काभ्रे सुहाउँदो ठाँउ भएको बताएपछि मुख्यमन्त्री पौडेलले मकवानपुरनै सबैभन्दा उत्तम स्थान रहेको जवाफ दिएका थिए । उनले भने कर्णालीका मानिसहरु सयौं बर्षदेखि कति धाए कति धाए , हेटौंडा आउन ३ घण्टा लाग्छ के गाह्रो छ र ? फेरी हेटौंडा पुर्वाधारको हिसाबले पनि राम्रो छ ।
उनले भने “कर्णालीका मानिसहरु सयौं बर्षदेखि काठमाण्डौ कति धाए कति धाए ? हेटौंडा आउन ३ घण्टा लाग्छ, के गाह्रो छ र ? फेरी हेटौंडा पुर्वाधारको हिसाबले पनि राम्रो छ । ”
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दार्जे लामा ,साँसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी ,प्रदेशसभा सदस्य जिवन डंगोल, रजनी अमात्य ,जुनेली श्रेष्ठ,रवि डंगोल, फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगर लगाएतको उपस्तिथि रहेको थियो ।
कार्यक्रम फोनिज ३ नम्बर प्रदेशका ईन्चार्ज समिर बलामीको सभाध्यक्षतामा भएको थियो ।
