मालपोत कार्यालय चितवनबाट एक अर्ब ४९ करोड राजश्व संकलन

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १५:४८

चितवन ५ साउन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजश्व संकलन गरेको छ ।

जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजश्व संकलन गरेको थियो । सोही वर्षको माघ तेस्रो साता जिल्लाका तीन ठाउँमा मालपोत कार्यालय खुलेका थिए ।

मालपोत कार्यालय भरतपुरका प्रमुख नगेन्द्र पौडेलका अनुसार माघको तेस्रो साताबाट जिल्लामा थप तीन कार्यालय खुलेसँगै ती कार्यालयले पनि राजश्व संकलन गरेकाले गत वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष निकै बढी राजश्व उठेको थियो ।

गत आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरले रु ९९ करोड एक लाख ५० हजार राजश्व संकलन गरेको उनले बताए । कार्यालयले रजिष्ट्रेशनवापत रु ७३ करोड ५२ लाख पाँच हजार, लाभकरवापत रु १९ करोड ५० लाख ९४ हजार र सेवा करवापतरु पाँच करोड ९८ लाख ५१ हजार संकलन गरेको छ ।

मालपोत कार्यालय चनौलिका प्रमुख ऋषिराम ढकालका अनुसार सो कार्यालयले गत आर्थिक वर्षमा रु २४ करोड ३७ लाख ७२ हजार राजश्व उठाएको छ । तीमध्ये रजिष्टे«शनवापत रु १९ करोड ९४ लाख ६६, सेवाकरवापत रु एक करोड १४ लाख १७ हजार र लाभकरवापत रु तीन करोड २८ लाख ८८ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*