३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री दुलालको गाडी तोडफोड
काठमाडौं ५ साउन । काठमाण्डौको नयाँ बानेश्वरमा शविबार दिउँसो कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाको गाडीमाथि तोडफोड भएको छ । मन्त्री दुलालको बा २ झ ३७६३ नम्बरको गाडी तोडफोड भएको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
साथै प्रदेश नम्बर २ र ४ का मन्त्रीहरुको गाडीमा समेत क्षति पुगेको थियो ।
त्यसैगरि प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडी र ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडी समेत तोडफोड भएको छ ।
उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
