हेटौंडा १५ मा टोल विकासको उद्घाटन सँगै सरसफाई कार्यक्रम

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १३:२८

मकवानपुर ५ साउन । हेटौंडाको ठुलोसुकौली टोल विकास संस्थाको उद्घाटन शुक्रावार गरिएको छ । हेटौंडा वडा नं १५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमूख अतिथि महारत्न लामा र विशेष अतिथि तथा सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय निर्देशक विरबहादुर तामाङ्गले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

टोलविकासको उद्घाटन सँगै टोल विकासमा सरसफाई कार्यक्रम समेत गरिएको थियो, कार्यक्रममा विशेष अतिथि हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकाश महाशाखाका अधिकृत भिम तिमल्सिना, नगर टोल विकास संस्था समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने वडा नं १५ का वडा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम ठुलोसुकौली टोलविकास संस्थाका अध्यक्ष ईश्वर पाख्रिनको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*