वी.पी. स्मृति दिवसको अवसरमा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण

तु खबर संवाददाता
२०७५ श्रावण ५, शनिबार १३:१९

मकवानपुर ५ साउन । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार विहान हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख अतिथ्यतामा वी. पी. स्मृति दिवसको शाताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन हेटौंडा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

कार्यक्रममा उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, भीमसेन महत, धनबहादुर घलान,  हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, राप्रपाका नेता सीताराम बर्तौला, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, भातृ तथा शुभेच्छुक संस्थाहरुका पदाधिकारी एवं सदस्यलगायतका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*