पिपलचोरीमा आगलागी
उदयपुर, ४ साउन । उदयपुरको त्रियुगा नगरपालिका–५ पिपलचोरी बस्ने भरत दमाईको घरमा बिहीबार बिद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
