साढे ६ लाख चोरेर चोर फरार
काठमाडौं, ४ साउन । काठमाडौँ भएको दुई वटा घटनामा चोरहरुले करिब साढे ६ लाखभन्दा बढी बराबरको धनमाल चोरेर फरार भएका छन् ।
काठमाडौं महानगरपालिका–३२ खहरेचोक डेरा गरी बस्ने उदयपुर घर भएका कर्ण अधिकारीको कोठाबाट ल्यापटप, नगद तथा सुनका बिभिन्न गरगहना गरी करीव २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ रेडन पुल नजिक बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका बिनोदकुमार खड्काको कोठाबाट करीव ४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गहनाहरु बिहीबार चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
