सवारी दुर्घटनामा दुई महिलाको ज्यान गयो
काठमाडौं, ४ साउन । बारा र बर्दियामा भएको दुई छ्ट्टा–छुट्टै दुर्घटनामा परी २ जना महिलाको ज्यान गएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा पर्ने सडकमा नम्बर नखुलेको सवारी साधनले पहिचान खुल्न नसकेकी मागी खाई हिँड्ने अंदाजी ६० वर्षीया महिलालाई बिहीबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
त्यस्तै बर्दियाको राजापुर नगरपालिका–४ स्थित भित्रि सडकमा भे.१ स ५६४८ नम्बरको अटोले बिहीबार राजापुर बजारमा घुमि हिँड्ने पहिचान नखुलेकी अंदाजी २० वर्षीया महिलालाई ठक्कर दिंदा उनको मृत्यू भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनीलाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पठाइएकोमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
