सुनका गहना सहित पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण ४, शुक्रबार १३:२१

काठमाडौं, ४ साउन । काठमाडौं महानगरपालिका–१६ नयाँ बसपार्क स्थित कमल गेष्ट हाउसमा बस्ने सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठलाई श्रोत नखुलेको सुनको गहनासहित पक्राउ गरिएको छ ।

उनलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले स्रोत नखुलेको करीब १ लाख ५० हजार रुपैयाँ बराबरको सुनको गहना सहित बालाजु गंगाहल नजिकबाट बिहीबार पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*