माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : काँग्रेस सभापती देउवा

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १६:५१
file-photo

काठमाडौँ ३ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए ।
सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*