काठमाण्डौमा इक्यान शैक्षिक मेलाआजदेशि शुरु

तु खबर संवाददाता
२०७५ श्रावण ३, बिहीबार १६:४३
photo : rasasa

काठमाडौँ, ३ साउन । नेपाल शैक्षिक परामर्श संघ इक्यानको १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

मेलाको आज यहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । उहाँले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*