हेटौंडामा काँग्रेसको बिरोधपछि, प्रदेशसभा बैठक नै अवरुद्ध
मकवानपुर ३ साउन । प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठकमा नेपाली काँग्रेसका सदस्यहरुले बिरोध जनाएका छन् । प्रदेशसभामानै उठेर बिरोध जनाएपछि नियमित कार्यसूतिमानै प्रवेश नगरी स्थगित भएको छ । यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
उनले नेपालको संविधान बमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भएको र नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसकेकाले अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह पनि गरे ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने गरी आज २ बजे शुरु भएको बैठक २ः३० बजे स्थगित गरेका थिए ।
