हेटौँडामा युवा नेता सुनिल मोक्तानले गरे सहयोग
मकवानपुर, ०३ साउन । युवा नेता तथा समाजसेवी सुनिल मोक्तानले आफ्नो जन्म दिनको अवसरमा हेटौँडा १५ मा रहेको दिब्यसेवा निकेतनलाई सहयोग गरेका छन् ।
प्रत्येक वर्षको जन्मदिनमा निकेतनलाई सहयोग गर्दै आएका मोक्तानले यो वर्ष पनि १२ हजार रुपैँया नगद सहयोग गरेका हुन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा जेष्ठ नागरिक आश्रय स्थलको रुपमा रहेको निकेतनलाई सहयोग गर्नु उचित लागेर प्रत्येक वर्ष सहयोग गर्ने गरेको मोक्तानले बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश नंबर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दिब्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, अभिभावक केदार न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
