मनहरीमा रोपियो १ सय ९६ वटा चाँपको बिरुवा

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १८:३०

मकवानपुर, ०२ साउन । ‘बिरुवा रोपौँ, वन जोगाऔँ’ भन्ने मुल नाराका साथ पश्चिम मकवानपुरको मनहरी ६ डिपाडमा रहेको एक सामुदायिक बनमा आज बृक्षारोपन गरिएको छ । मनहरी ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहले बृक्षारोपन गरेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए ।

इलाका वन कार्यालय मनहरीको बिरुवा ब्यबस्थापनमा १ सय ९६ बोट चाँपको बिरुवा बैज्ञानिक वन सुधार कार्यक्रम अन्तर्गत सामुदायिक वनले बृक्षारोपन गरेको हो । सामुदायिक वनका अध्यक्ष दिपक मुक्तानका अनुसार चाँप जातको बिरुवालाई वन क्षेत्रमा रहेको खोल्सीमा रोपिएको बताए । सामुदायिक वनकै पहलमा मनहरी ६ मा रहेको कत्ले खोल्सी नियन्त्रणका लागि लगाइएकोको ड्याम साईडमा पनि २५ सय बिरुवा रोपिने अध्यक्ष मुक्तानले बताए ।

बाँस चाँप , निम लगाएतका बिरुवा ड्याम साईडमा बिहीबार रोपिने भएको छ । केही दिन अघि मात्रै उक्त सामुदायिक वनले १६ सय ५० वटा विभिन्न जातका बिरुवा आफ्ना उपभोक्ताहरुलाई निःशुल्क बितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*