जनप्रतिनिधिहरुले उस्तै पोषाक लागाउने तयारी
खोटाङ २ साउन । खोटाङ जिल्लाक १० वटै स्थानीय तहका जनप्रनितिधिहरुले उस्तै पोषाक लगाउने भएका छन् । जनप्रतिनिधिहरुले आफ्नो पहिचानको लागि उस्तै पोषाक लगाउने तय गरेको खोटाङस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्डा रहेको लोगो लागू गरिएको छ ।
सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।
आफ्नै लोगो र एउटै किसिमको पोशाक प्रयोगमा ल्याउने खोटाङ पहिलो जिल्ला भएको जनप्रतिनिधिले दाबी समेत गरेका छन् ।
