बलात्कार गरेको आरोपमा मकवानपुरका दुई जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १३:१६
सांकेतिक तस्बिर

हेटौँडा, ०२ साउन । जबरजस्ती करिणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक बालक र एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाग्मती गाउँपालिका वडा नम्बर–८ का १५ वर्षीय कमल राई र हेटौँडा उपमहानगरपालिका–२ बस्ने २८ वर्षीय राजीव लामालाई पक्राउ गरेको हो ।

राईलाई ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । उनले घरमा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको घटनालाई छिमेकीले थाहा पाएर ईलाका प्रहरी कार्यालय फापरबारीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

त्यस्तै लामालाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । उनले बालिकाको घरमा नै गएर बलात्कार गरेको प्रहरीले बताएको छ । बलात्कार पश्चात बालिकाले परिवारलाई सुनाएपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*