प्रदेश नम्बर ३ को बालसुधार गृह चितवनमा बन्ने

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १३:०५

चितवन, २ साउन । प्रदेश नम्बर ३ को बालसुधार गृह चितवनमा बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

कुनै पनि अपराधमा संलग्न भएर दोषी ठहर भएका १६ देखि १८ वर्षका बालबालिकालाई कारागारमा नराखी उक्त सुधार गृहमा राखिने छ । बन्न लागेको चितवनको सुधार गृह १३० जना क्षमताको हुने समेत प्रजिअ बस्नेतले जानकारी दिए ।

यसअघि चितवनको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका लागि तोकेर आए पनि सो क्षेत्र महानगरपालिकाले उपभोग गर्ने भनिएपछि नयाँस्थानका लागि निर्णय गरेर केन्द्रमा पठाइएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*