भीमफेदीमा भर्ना अभियानमा छुटेकालाई फेरि भर्ना गरिने

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १२:५४

भीमफेदी, ०२ साउन । सरकारले सुरु गरेको भर्ना अभियान अन्तर्गत भर्ना हुन छुटेका स्कूल जाने उमेर भएका बालबालिकाहरुलाई पूनः भर्ना गरिने भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले सुरु गरेको विशेष विद्यार्थी अभियान अन्र्तगत भीमफेदी गाउँपालिकामा समिति निर्माण भएपछि यो अभियानले सार्थकता पाउने भएको हो ।

आउँदो भदौ ३१ गतेभित्र विद्यालयजानबाट बञ्चित रहेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गराउनको लागि मंगलबार गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा बसेको बैठकले सरकारको अभियानलाई पूर्ण रुपमा सफल बनाउनको लागि गाउँपालिकाले आवश्यक सम्पूर्ण पहल गर्ने समेत प्रतिवद्धता गरेको छ ।

बैठकले भीमफेदी गाउँपालिका वडा नंबर ८ का अध्यक्ष जगतमान घिसिङको संयोजकत्वमा गाउँपालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवर, श्रोत व्यक्ति गोबिन्द प्रसाद चौँलागाइ, गाउँपालिकाका वडा अध्यक्ष क्रमशः श्याम कुमार बल, काशिराम बज्यु ,प्रिति लाल लामा, क्षेत्र बहादुर पाण्डे, सिताराम थापा, जहारसिं लामा, बुद्धि बहादुर सिंजाली, प्रकाश पुडासैनी, योजना शाखा प्रमुख बद्रि सापकोटा, महेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष रेशम लामा,सञ्चारकर्मी सुरेन्द्र राज थीके, महिला सहकारी अभीयन्ता रीता आले, प्र.अ. उषा आचार्य प्लान बिकास संयोजक सरस्वती लामा तथा सदस्य सचिवमा श्रोत व्यक्ति पुर्ण भद्र भुषाल रहेको समिति निर्माण गरेको हो ।

गाउँपालिका समितिले वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय समिति गठन गरी धरातलीय सर्बेक्षण पश्चात सबै बिद्यालयमा भर्ना गर्ने उमेरका तथा बिद्यालय छाडी बसेका बालबालिकालाई भर्ना गरी निरन्तरता गर्ने बृहत योजना निर्माण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*