सुस्मिन बनिन् २०१८ की मिस मकवानपुर

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १२:३९

मकवानपुर, ०२ साउन । मिस मकवानपुर २०१८ को ताज हेटौंडाकी सुस्मिन श्रेष्ठ जित्न सफल भएकी छिन् । पहिलो संस्करणको उपाधीसँगै श्रेष्ठले मिस पङ्चुअल, मिस वेस्ट फिगरको उपाधी समेत हात पारेकी छिन् । उनले स्कुटर, टुर प्याकेज र विभिन्न उपहार प्राप्त गरेकी छिन् ।

प्रतियोगिताको फष्र्ट रनरअप हुँदै सेविका लामाले टुर प्याकेज र उपहार जितेकी छिन् । उनले मिस फोटो जेनिक र मिस स्माईलको उपाधी पनि हात पारिन् । त्यस्तै सेकेण्ड रनरअप घोषित हुँदै रमनी पराजुलीले टुर प्याकेज र उपहार जितेकी छिन् । उनले भ्युअर्स च्वाईस उपाधीसँगै क्राउन, मोबाईल र उपहार पनि प्राप्त गरेकी छिन् ।

११ सव टाईटल उपाधी वितरण गरिएको प्रतियोगितामा सेरन श्रेष्ठले मिस पर्सनालिटी र मिस बेस्ट पफर्मेन्स, नेन्सी भट्टराईले मिस बेस्ट ड्रेस र मिस बेस्ट डान्स, सनिता बलले मिस पपुलर र मिस ईनरजेटिकको उपाधी पाउन सफल भईन् । त्यस्तै, रोजिना उपाध्यायले मिस डिसिप्लिन र प्राप्ती ढोडारीले मिस ट्यालेन्टको उपाधीमै चित्त बुझाए ।

प्रतियोगितामा मिस युनिभर्सल २०१६ बर्षा लेखी, चपुर जेसिजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, हेटौंडा लेडी जेसिजकी २०१२ अध्यक्ष रश्मी बस्नेत लगायत निर्णायक रहेका थिए । द स्पार्किल्ङ्ग सिज प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा २१ जनाको अडिसन लिएर उत्कृष्ट १० फाईनालिष्ट छनौट गरि तालिम प्रदान गरिएको प्रबन्ध निर्देशक सुशल बानियाँले बताए । मिस मकवानपुरका प्रतिष्पर्धीहरुलाई व्यक्तित्व बिकास, पौडी, नृत्य, संगित, उद्यमशिलता, स्टेज प्रस्तुती, ¥याम्प, मेडिटेशन, उत्प्रेरणा, फिटनेश लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । साथै उनीहरुलाई सामाजिक कार्य र शैक्षिक भ्रमण समेत गराईएको प्रबन्ध निर्देशक बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*