स्थानीय सरकार र संसदीय प्रक्रिया सम्बन्धी अभिमुखिकरण हेटौंडामा सम्पन्न
मकवानपुर २ साउन । नारी सीप शृजना केन्द्रको आयोजनामा २ दिने स्थानीय सरकार र संसदीय प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । सक्षम आवास केन्द्र हेटौंडामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउपालिका, कैलाश गाउपालिका, भीमफेदी गाउपालिका र थाहा नगरपालिकाका विभिन्न १४ वटा वडामा निर्वाचित २४ जना महिला प्रतिनिधिहरुह सहभागि थिए ।
कार्यक्रममा स्थानीय सरकारको कार्यक्षेत्र र अधिकारबारे जानकारी, स्थानीय तहमा निर्वाचित महिला सदस्यहरुलाई आफ्नो कर्तव्य र भुमिका सम्बन्धी जानकारी ,साथै निर्वाचित महिला सदस्यहरुले खेल्ने भुमिका र गाउँसभा संचालन सम्बन्धी संसदिय अभ्यासकोे बिषयमा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा र हेटोंडा उपमहानगरपालिकाका सामाजिक विकास महासाखा प्रबन्धक भिमप्रसाद तिमल्सिनाले सहजिकरण गरेका थिए ।
कार्यक्रम नारी सिप शृजना केन्द्रकी अध्यक्ष उमा सुवेदीको सभाध्यक्षतामा भएको थियो ।
