हेर्नुहोस, हेटौंडाको हर्न निषेध क्षेत्रको यस्तो हरिबिजोक (भिडियो सहित)

तु खबर संवाददाता
२०७५ श्रावण १, मंगलवार १७:४९
Featured Video Play Icon

बलराम पुडासैनी । मकवानपुर १ साउन । मकवानपुरको हेटौंडामा सवारी व्यवस्थापन निकैनै अस्तव्यस्त देखिएको छ । सवारी पार्कीङ त झनै अव्यवस्थित छ । बजारमा साना तथा ठुला सवारीसाधनहरु जहाँ पायो त्यहिं पार्क गरीएको भेटिन्छन् जसका कारण हेटौंडामा सवारी जाम बढ्न थालेको छ ।

सवारी चालकहरु पार्किङ्को लागि व्यवस्थीत स्थान नभएकोले आफुहरुले पार्कीङ जहाँपायो त्यहिं गर्नुपरेको बताउँछन् । अझ हेटौंडा उप–महानगरपालिकाले राप्तिरोडमा सवारी पार्किङ निषेध गरेपछि बजारमा अस्तव्यस्त रुपमा सवारी पार्कीङ गरीएको दृश्य देखिन थालेको छ ।
त्यसोत हेटौंडामा हर्न निषेधको विषय पनि अहिले अलपत्र परेको छ ।
करिब ७ महिना अधि जिल्ला ट्राफिक कार्यालयको पहलमा हेटौंडाका मुख्य चोकहरुमा हर्न निषेधका बोर्डहरु लगाईएको थियो । तर ती बोर्डमा लेखिएअनुसारको ट्राफिक नियम न त सर्वसाधारणलेनै मानेका छन् न त ट्राफिक प्रहरीले नियम मिच्नेलाई कारवाहि नै गर्न सकेको छ ।

लेन मिचेर सवारी कुदाउँने, हर्न निषेध लेखिएकै स्थानमा हर्न बजाउँने , सवारी चालकहरुले सर्वसाधारणलाईनै पेलेर जेब्रा क्रसिङमा पनि स्पिड कम नगरी सवारी हाँक्ने र जस्ता दृश्य बजार क्षेत्रमा देख्न सकिन्छ । हाल हर्न निषेध गरीएको सिमाचोकमै सबैभन्दा बढि हर्नको आवाज सुनिने र सवारी जाम भएको देख्न सकिन्छ । यो भिडियो हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*