डाक्टर केसीको माग विफल, दोस्रो वार्ता असफल
काठमाडौं, ०१ साउन । चिकित्सा शिक्षा ऐनको मस्यौदामा विभिन्न बुँदाहरु सुधार गरेर संसद्को अहिलेकै अधिवेशनबाट पारित गर्नुपर्ने माग राख्दै अनसन बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी टोली र गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता दोस्रो पटक पनि विफल भएको छ ।
मंगलबार बिहान सिंहदरवारमा भएको वार्तामा सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधि आ–आफ्नै अडानमा अडिग रहेपछि सहमति हुन नसकेको हो । डा.केसीका प्रतिनिधिहरु डा. केसीले राखेका माग पुरा नगर्दासम्म केसीले अनसन नतोड्ने अडानमा छन् भने सरकार केसीले अनसन तोडेपछि सहमतिका मागबारे छलफल गर्न सकिने अडानमा छन् ।
