ब्राउन सुगरसहित युवक पक्राउ
बाँके, ०१ साउन । बाँकेको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका पैदलयात्री जानकी गाउँपालिका–६ पिप्रहवा बस्ने २२ वर्षीय रामु चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट १.५ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेपछि उनलाई नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
