मनहरीको खरङ्गा जंगलबाट ज्ञानु पक्राउ
काठमाडौं, ०१ साउन । मकवानपुरको मनहरी गाउँपालिका–९ बस्ने ४० वर्षीया ज्ञानु मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोही ठाउँको खरङगा जङ्गलबाट लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खानतलासीका क्रममा उनको साथबाट डेढ किलो गाँजा फेला परेपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
