चितवनको भरतपुर महानगरपालिकाले गर्यो तीनपाङ्ग्रे सवारीमा रोक
मकवानपुर १ साउन । चितवन जिल्लाको भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै शहरका मुख्य मुख्य स्थानका सडकहरुमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको चितवनका सञ्चारमाध्यमहरुले जनाएका छन् । ।
महानगरले यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक महानगरपालिकाले जनाएको छ । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।
महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भए पनि पोखरा बसपार्क, पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्क चोक हुँदै वाइपास सडक तथा नारायणगढ बजारको मिलनरोडलगायत मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाइएको बताईन् । उनले भनिन् भित्री सडकमा भने तीनपाङ्ग्रे सञ्चालन गर्न सकिने छ ।
हाल तीन पाङग्रे सवारी व्यवसायीहरुले भने महानगरपालिकासंग गुनासो गर्न थालेको स्रोतको जानकारी छ ।
