भीमफेदीमा सार्वजनिक सुनुवाई, सेवाग्राहीलाई कुनै झण्झट हुन दिन्नौँ : अध्यक्ष लामा

तु खबर संवाददाता
२०७५ श्रावण १, मंगलवार ११:२१

भीमफेदी, मकवानपुर ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सुशासनको अभियानमा आफ्नो गाउँपालिका क्रियाशील भएर लागेको बताएका छन् । हिजो गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष लामाले सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि आफ्नो र गाउँपालिकाको तर्फबाट पूराका पूरा काम हुने बताए । गाउँपालिकाको काम गर्ने क्रममा आफूले भ्रष्टाचार गरेको भेटिए कारवाही भोग्न तयार रहेको पनि बताए ।

भीमफेदी गाउँपालिकाले आर्थिक बर्ष ०७४/०७५को गाउँ पालिकाको विकास निर्माण तथा प्रशासनिक र सामाजिक कार्यको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष लामाले भीमफेदीको नागरिकले कर्मचारी तथा जनप्रतिनिधिबाट कुनै किसिमको अप्ठ्यारो महशुस गर्नु नपर्ने बताए । उनले भने स् हामी भीमफेदीलाई नमुना गाउँपालका बनाउने अभियानमा छौ, यहाँका नागरिकहरुले कर्मचारी तथा जनप्रतिनिधिबाट सेवा प्राप्त गर्नुपर्दा कुनै अप्ठेरोको सामना गर्नु हुँदैन, हामी यो विषयमा सचेत छौ ।

चालु आर्थिक वर्षमा ३ सय ९ योजना सम्झौता गरेको गाउँपालिकाले ३ सय ३ वटा योजना सम्पन्न गरी भुक्तानीसमेत दिएको छ । योजना सम्झौता र त्यसको कार्यान्वयनमा सफल भएकोमा सबै नागरिकलाई उनले धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्नुपर्ने बताईन् । गाउँपालिकालई हरेक हिसावमा सफल बनाउनको लागि आफुहरु लागिरहेको र यसका लागि सबैको सहयोगको अपेक्षा रहेको समेत उनको भनाई रहेको थियो । कार्यक्रममा उठेका अन्य जिज्ञासाहरुको जवाफ प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, सूचना अधिकारी तथा योजना प्रमुख बद्री सापकोटाले दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*