मनहरीमा १ सय ५० घर धुरीलाई बिरुवा वितरण

तु खबर संवाददाता
२०७५ असार ३२,सोमबार १९:०२

मकवानपुर, ३२ असार । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई विभिन्न प्रजातिका बिरुवाहरु बितरण गरेको छ । ‘एक घर एक बिरुवा रोपौँ ,स्वच्छ वातावरण बनाऔ’ भन्ने मुल नाराका साथ ८ प्रजातिका १ हजार ६ सय ५० वटा बिरुवा वितरण गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

१ सय ५० घर धुरीलाई नेमारु , निम, चाँप, अमला , टाँकी , श्रीखण्ड, बाँस, बकाइनो जस्ता प्रजातिका बिरुवाहरुलाई डिपाट सामुदायिक वनको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । पछिल्लो समयमा स्थानीय उपभोक्ताहरुले वनको महत्वको बारे जानकार भएकाले आफ्ना खाली रहेको बारीमा विभिन्न जातका बिरुवाहरु रोप्नतर्फ सक्रिय देखिएको डिपाट समुहका अध्यक्ष दिपक मुक्तानले बताए ।

उपभोक्ताहरु अहिले वन संरक्षणमा सक्रियता भएसंगै उपभोक्ताहरु प्रति आफु निकै खुसी रहेको अध्यक्ष मुक्तानले बताए । इलाका वन कार्यालय मनहरीबाट विभिन्न जातका बिरुवा खरिद गरी उपभोक्ताहरुलाई बितरण गरिएको हो । वन समुहले श्रीखण्डका बिरुवालाई परिक्षणको रुपमा आफ्ना सामुदायिक बन भित्र रोप्न लागिएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*