हतियारसहित २ जना पक्राउ
काठमाडौं, ३२ असार । हतियार सहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–२ बस्ने २६ वर्षीय खुमबहादुर थापा र २४ वर्षीय खडक सुनारलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र त्यसको २ राउण्ड गोली फेला परेपछि आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले भे.२ प २२८८ नम्बरको मोटरसाइकलमा हतियार बोकी हिँडेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ सितापुरबाट उक्त बन्दुक र गोली सहित उनीहरुलाई पक्राउ गरेको हो ।
